डा अर्जुनदेव भट्टका चार कृति एकसाथ लोकार्पण

वरिष्ठ युरोलोजिष्ट डा अर्जुनदेव भट्टद्वारा लिखित चार वटा पुस्तक एकसाथ लोकार्पण गरिएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा डा भट्टाका चार वटा कृति एकै पटक सार्वजनिक गरिएको हो।

वरिष्ठ साहित्यकार डा देवी नेपालको प्रमुख आतित्यमा आयोजित कार्यक्रममा डा भट्टले लेखेका मेरी आमा, समय यात्रा, युद्धविनाको युद्ध र रुपान्तरण नामक पुस्तक सार्वजनिक गरिएको हो। मेरी आमा पुस्तक डा भट्टले आमाको सम्झनामा लेखेको संस्मरण हो भने समय यात्रा डा भट्टको जलेश्वर र जनकपुर अस्पतालको सम्झनाहरु हुन्। रुपान्तरण र युद्धविनाको युद्ध भने उपन्यास हुन्।

डा भट्ट चिकित्सा पेशासँगै लेखनमा पनि रुचि राख्छन्। सञ्चारमाध्यममा सचेतनामुलक लेखसहित उनी पुस्तक लेखनमा पनि सक्रिय हुन्छन्। डा भट्टले हालसम्म १२ वटा पुस्तक प्रकाशित गरिसकेका छन्।


https://swasthyakhabar.com/story/54837