Skip to content
Prof. Dr. Arjun Dev Bhatta

Senior Consultant Urologist

  • Home
  • About
  • Published Books
  • Media
    • Online Coverage
    • Published Article
    • Print Media
    • Videos
  • Gallery
  • Contact
  • Home
  • About
  • Published Books
  • Media
    • Online Coverage
    • Published Article
    • Print Media
    • Videos
  • Gallery
  • Contact

Articles

के हो प्रोष्टेट क्यान्सर ?

प्रोस्टेट क्यान्सर संसारका ८० भन्दा बढी देशमा व्यापक रोग हो । त्यसमध्ये पश्चिमा देशमा यो औधी व्यापक छ । नेपालमा पनि यो रोगको पहिचान पुरुषमा रोगप्रति चेतनाको विकास, चिकित्सकमा ज्ञान र अनुभवको वृद्धि र पीएसए जाँचको पहुँच इत्यादि धेरै कारणले बढ्दै आएको छ । प्रोस्टेट ग्रन्थी क्यान्सरको सुरु अवस्थामा लक्षण आधारित भएर रोग पत्ता लगाउन असम्भव प्रायः हुन्छ । प्रोस्टेट अर्वुद आफ्नो उत्पत्तिको सुरुवातमा यकिन भन्न सक्ने कुनै लक्षण दर्शाउँदैन । पिसाब सञ्चालनमा पुरुषले व्यक्त गरेका लक्षण मुत्र संक्रमण, प्रोस्टेट ग्रन्थीको सोथर प्रोस्टेट ग्रन्थीको उमेर संलग्न वृद्धिसँग आधारित हुन सक्छन् । क्यान्सर जति बढ्दै गयो, त्यति नै लक्षण व्यक्त हुने सम्भावना वृद्धि हुँदै जान्छ । यो रोगको कुनै कालखण्डमा वीर्यमा रगत देखापर्ने वा विनावीर्य मुत्रनलीबाट रक्त प्रवाह हुन सक्छ । केही बिरामी वीर्यको मात्रा घटेको र यौनइच्छा पनि जागृत नहुने व्यक्त गर्छन् । तर, यी लक्षण क्यान्सर विशेष मान्न सकिन्न । अर्वुद फैलिएर मुत्रनली बन्द गर्ने अवस्थामा पुगेर मुत्र सञ्चारमा अवरोध गर्न सक्छ । मुत्रबाहिनी नली वा नलीलाई थिचेर मिर्गाैला फुल्ने र कार्यक्षमता कम हुन सक्छ । हड्डीमा क्यान्सर फैलिँदा अल्परक्त र हड्डीमा पीडा देखापर्छ । आजको दिनमा प्रोस्टेट क्यान्सर निदान गर्न निम्न चार कुराले सबैभन्दा बढी सहयोग पुर्याउँछन्: बिरामीको उमेर । प्रोस्टेट ग्रन्थीको मलद्वारबाट औंलाले गरिने जाँच । पीएसए

Read More »

पिसाब चुहिन्छ ? यस्ता छन् उपचारका उपाय

मूत्रथैलीको प्रमुख कार्य पिसाब चुहिन नदिएर जम्मा गर्नु हो । उपयुक्त अवस्थामा इच्छा बमोजिम पिसाब फेर्न सक्ने वातावरण सिर्जना गर्नु मुत्र थैलीको काम हो । तर, कहिलेकाही त्यस्तो अवस्था पनि हुन्छ जब खोक्दा, हाछ्यूँ गर्दा वा हाँस्दा समेत पिसाब चुहिने हुन्छ । यस्तो स्थिति पुरुष र महिला दुबैमा देखिन सक्ने भएपनि महिलामा ज्यादै व्याप्त छ । विश्व आँकडा अनुसार प्रौढ महिलामध्ये २५ देखी ४० प्रतिशतमा पिसाब चुहिने समस्या छ । यो प्रतिशत नेपालमा कुन अनुपातमा छ त्यसको वैज्ञानिक अनुसन्धान भएको छैन । पिसाब चुहिने समस्या बारे धेरै महिला खुलेर बोल्न नसक्ने तथा नचाहने भएकोले यो अवस्थाको व्यापकता बारे अध्ययन गर्न विशेष वातावरण र समय लगानीको आवश्यता पर्छ । कैयौं महिला पिसाब चुहिने समस्या सामाजिक अवस्थाको आधारमा खुलारुपबाट प्रकाशमा ल्याउन नहुने विषय सम्झन्छन् । अन्य अङ्गसँग मूत्रथैली र मूत्रनलीको सम्बन्ध मूत्र प्रणालीको तल्लो भाग मूत्रथैली र मूत्रनलीले बनेको हुन्छ । यो भागको मुख्य दुई काम हुन्छ । पहिलो मूत्र भण्डार गर्ने र दोस्रो पिसाब निष्कासित गर्ने । मूत्र भण्डार र मूत्र निष्कासित विभिन्न अङ्गको सुसम्बन्धमा भर पर्छ । झट्ट हेर्दा मूत्र प्रणालीको तल्लो भाग मूत्रनली र मूत्रथैलीले मात्र बनेको देखा परे पनि यी भागलाई आधार दिने मांसपेशी र काम सघाउने स्नायू तथा नशाको अध्ययनविना यी अङ्गको काम बुझ्न गाह्रो पर्छ ।

Read More »

पुरुषहरूमा पनि हुन्छ रजोनिवृत्ति !

विषय प्रारम्भ महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्थालाई रजोनिवृत्त भनिन्छ । उमेर बढ्दै गएपछि पुरुषमा पनि यस्तो परिवर्तनको सामना गर्नुपर्ने हुन्छ । रजोनिवृत्त भन्नासाथ स्त्रीबारे नै प्रायः बुझ्ने गरिन्छ । महिलाहरूमा प्रायः ४५ देखि ५५ वर्षको उमेरमा महिनावारी सुक्ने हुन्छ र त्यसैलाई रजोनिवृत्ति भनेर सम्बोधन गर्ने गरिन्छ । यो शब्द पुरुष जीवनसँग पनि जोडेर प्रयोगमा ल्याउने गरेको पाइन्छ । स्त्रीहरूमा जस्तै पुरुषहरूमा पनि उमेर बढ्दै गएपछि प्रजनन् ग्रन्थीसँग सम्बन्धित हर्मोनहरूको रक्तमा हुने स्तरमा फरक पर्दै आउँछ । जब पुरुष हर्मोनको रक्तसञ्चारमा भएको मात्रामा भारी ह्रास आउँछ, तब पुरुष रजोनिवृत्ति भएको मानिन्छ । पुरुषहरूमा पुरुष हर्मोन कम भएको अवस्थालाई स्त्रीहरूमा रजोनिवृत्ति (महिनावारी सुकेको) जस्तै भए पनि एउटा विशेष लक्षणबाट थाहा पाउन गाह्रो हुन्छ । पुरुषमा देखापर्ने लक्षणहरूको झुण्डलाई केलाएर हेर्ने हो भने यस्तो अवस्था पत्ता लगाउन गाह्रो छैन । पछिल्लो समय पुरुषहरूको बाँच्ने उमेर पनि बढ्दै गएको र वयोवृद्ध पुरुषहरूको जमात नै समाजमा थपिँदै गएको हुँदा स्वास्थ्यसेवामा पुरुष रजोनिवृत्तिको पहिचान र उपचारलाई उचित स्थान दिनुपर्ने हुन्छ । पुरुष रजोनिवृत्तिको पहिचान ५० वर्ष नाघेका पुरुषमा यौनेच्छा तथा यौन सक्षमताको लोखाजोखा गर्नु उपयुक्त हुन्छ । शुक्रकीट बनाउने अण्डकोषमा भएको कोष तथा पुरुष हर्मोन उत्पादन गर्ने कोषहरूको संख्यामा उमेरले ह्रास ल्याउने गर्दछ । त्यसका साथै ५० वर्षपछि पुरुष हर्मोनको रक्तसञ्चारमा र शुक्रकीटको संख्यामा

Read More »

महिलामा पिसाब चुहिने समस्या

विषय प्रारम्भ शरीरको बनावट नै यस्तो छ कि पिसाबथैलीको उपयुक्त समय र वातावरण नभएसम्म मूत्रत्याग नगरेर बस्न सक्दछ । तर, निकै महिलाहरूमा पिसाब रोक्न नसक्ने अवस्थाले निकै असजिलो परिस्थिति उत्पन्न गरेको हुन्छ । महिलाहरूले पिसाब रोक्न नसक्नुको पछाडि विभिन्न कारण हुन सक्दछन् । मलद्वार तथा मूत्रथैली खुम्च्याउने मांसपेशी कमजोर हुनु यो अवस्थासँग जुध्नुपर्ने महिलाहरूले पिसाबथैलीमा प्रशस्त पिसाब जम्मा भएको क्षणमा खोक्दा, हाछ्युँ गर्दा, टुक्रुक्क बस्दा, कुनै बोझयुक्त सामानलाई निहुरिएर उठाउँदा वा यौनसम्बन्ध गर्दा जब पेटभित्र एक्कासी चाप बढ्छ, त्यस्तो अवस्थामा अचानक पिसाब चुहिएको महसुस गर्दछन् । यो अवस्था नआओस् भन्न केही महिलाहरू अगाडि नै सतर्क भइरहने वा पटक-पटक थोरै पिसाब हुँदा पनि पिसाब फेर्ने गर्दछन् । फलस्वरूप उनीहरू यस्तो बानीले गर्दा केही उदास, तनावपूर्ण वा आफूलाई अस्वस्थ महसुस गर्दछन् । पिसाब रोक्न नसक्ने महिलामध्ये करिब ५० प्रतिशत मलद्वार तथा मूत्रथैली खुम्चिने, मांसपेशीको कमजोरीबाट पीडामा परेका हुन्छन् । पिसाबथैलीको मांसपेशी अत्यधिक सक्रिय हुनु यस्तो अवस्था भएका महिलाहरू पिसाब लागेको महसुस गरेपछि पिसाब फेर्न उपयुक्त ठाउँ पुग्दानपुग्दै केही वा सम्पूर्ण पिसाब चुहिएको पाउँछन् । सामान्य अवस्थामा मूत्रथैलीले पिसाब सञ्चय गर्ने र उपयुक्तमात्रामा जम्मा भएको पिसाबलाई वातावरण अनुकूल भएपछि ठिक्कसँग निखार्ने गर्दछन् । पिसाबथैलीको मांसपेशी विभिन्न कारणबाट अति उत्तेजित भएको अवस्थामा थैलीले थोरै पिसाब हुँदा पनि निखार्न खोज्ने र उपयुक्त ठाउँ नपुग्दै चाँडै

Read More »

युरिक एसिड र स्वास्थ्य

विषय प्रवेश युरिक एसिड रगतमा पाइने एउटा महत्वपूर्ण पदार्थ हो । युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भए शरीरमा विभिन्न खालको समस्या उत्पन्न गर्न सक्दछ । युरिक एसिडको स्तर कतिसम्म खतरनाक हुँदैन र कति बढी भएको अवस्थामा नियन्त्रण गर्नु अनिवार्य हुन्छ ? त्यसबारे यहाँ वर्णन हुनेछ । युरिक एसिडको रक्तस्तर बीस प्रतिशत जनसंख्यामा उच्च पाइन्छ । ती सबैको उपचार भने गर्नुपर्दैन । प्रायः जोर्नीमा असर परेका बिरामीको र केही अरू अवस्थामा मात्र उपचार आवश्यक पर्छ । युरिक एसिडको कुन स्तरलाई उच्चस्तर भनेर लिनुपर्दछ ? पुरुषहरूमा र महिलामा युरिक एसिडको सामान्य स्तर भिन्न हुने गर्दछ । ३६० माइक्रोमोल प्रतिलिटर वा ६ मिलिग्राम प्रतिमिलिलिटरसम्मको स्तर युरिक एसिडको भए महिलामा सामान्य मानिन्छ । पुरुषमा यो स्तर ४०० माइक्रोमोल वा ६.८ मिलिग्रामसम्म पनि सामान्य नै मानिन्छ । उल्लेखित स्तरभन्दा बढी युरिक एसिड पाइएमा अध्ययन गरेर स्तर सामान्य राख्न के गर्नुपर्ला ? भन्नेबारे चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्दछ । युरिक एसिड घटेको स्तर १२० माइक्रोमोल वा दुई मिलिग्रामभन्दा कम मानिन्छ । यो अवस्थामा खासै उपचार गर्नुपर्ने हुन्न । कुन-कुन कारणले रगतमा युरिक एसिडको स्तर बढ्न सक्दछ ? थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्न सक्छ । ती हुन्- वंशाणुगत उच्च रक्तचाप मोटोपन अनियन्त्रित खानपान मादकपदार्थको सेवन पिसाब बढी लगाउने औषधिको प्रयोग कसरी युरिक एसिडको उच्च स्तर

Read More »

महिलामा पिसाब संक्रमणः केही महत्वपूर्ण पक्षहरू

महिलामा हुने पिसाब संक्रमण सीमित रूपदेखि जटिल ज्यान नै लिनसक्ने अवस्थासम्म देखापर्ने हुन्छ । यो रोग २० देखि २४ वर्षसम्मका महिलामा सबैभन्दा बढी हुने गर्दछ । यसको मुख्य कारण रोग प्रतिरक्षा शक्ति कम भएको शरीरको भागमा खतरनाक कीटाणुको आक्रमण हुनु नै हो विषालु कीटाणु र महिलाको शक्तिहीन पोषक तन्तुहरूको अन्तरक्रियाको फलस्वरूप पिसाबको संक्रमण देखापर्दछ । कीटाणुहरू थुप्रिएको ठाउँमा ज्यादै नै चाम्रो किसिमले टाँसिएर रहन सक्दछन् । बलियो तन्तुमा संक्रमण हुन ज्यादै विषालु कीटाणुहरू हुनुपर्छ भने कमजोर तन्तुमा संक्रमण गर्न कम विषालु कीटाणु पनि सक्षम हुन्छन् । मसिनो भुवाको सहयोगले ज्यादै चाम्रोसँग टाँसिएर तन्तुमा रहन सक्ने कीटाणुहरू ज्यादै विषालु हुन्छन् । मूत्रनली र योनिको मुखको भागमा कीटाणु टाँसिएर रहने र विस्तारै मूत्रथैलीभित्र प्रवेश गर्ने गर्दछन् । फलस्वरूप मूत्रथैलीको र अन्ततोगत्वा सम्पूर्ण शरीरको रक्षा गर्न रगतमा भएका श्वेत कोषहरू कीटाणु भएको अन्तरप्रवाह हुन पुग्दछन् । रक्त श्वेतकोष र कीटाणु भएको ठाउँतिर संघर्षस्थलमा शोथ हुन्छ र पिसाब थैलीका थुप्रै कोषहरू नष्ट हुन्छन् । कीटाणु टाँसिएर बन्ने तहले पिसाब थैलीको कोषलाई औषधिबाट पनि रक्षा गर्न सधैँ सम्भव हुँदैन । कीटाणुहरू मूत्रथैली कोषभित्र छिरेर त्यहाँ आफ्नो वृद्धि गर्ने सुरक्षित ठाउँ स्थापित गर्न सक्दछन् । महिलाको मोटो आन्द्रा र योनिबाहेक पिसाब थैलीको कोषभित्र नै कीटाणु सञ्चित वा जम्मा भएर रहन सक्दछन् । त्यसैले एकपल्ट पिसाब संक्रमण

Read More »

प्रोष्टेट ग्रन्थिशोथ-प्रोष्टाइटिस

भ्रूण १० हप्ता हुँदा भविष्यमा हुने प्रोष्टेट ग्रन्थि अंकुरित भएर विकसित हुन थाल्छ । ग्रन्थिको समुचा वृद्धिको निमित्त पुरुष हार्मोनको संलग्नता अनिवार्य हुन्छ । भर्खर जन्मेको बच्चामा र त्यसपछि तरुण अवस्थासम्म ग्रन्थि सानै हुन्छ । प्रोष्टेट ग्रन्थिको लागि शुक्रग्रन्थि सक्रिय भएर पुरुष हार्मोन टेष्टाष्टरोन प्रशस्त मात्रामा बन्नुपर्दछ । टेष्टास्टेरोन हार्मोन प्रोष्टेट ग्रन्थिमा हिडाइड्रो टेष्टाष्टेरोनको रूपमा जम्मा हुन थालेपछि ग्रन्थि विकसित भएर पुरुष प्रजनन् अंगको महत्वपूर्ण हिस्साको रूपमा स्थापित हुन्छ । फलस्वरूप लिंग, अण्डकोष र प्रोष्टेट ग्रन्थि स्वयंको रूप पनि वृद्धि हुन्छ र कपालको घेरामा पनि परिवर्तन आउँछ । युवक जवानीमा प्रवेश गर्दछ । ७० प्रतिशत ग्रन्थियुक्त कोष र ३० प्रतिशत रेसा तथा मांसपेशीयुक्त तन्नुबाट प्रोष्टेट बनेको हुन्छ । प्रोष्टेट ग्रन्थिमा भएको डिहाइड्रो टेष्ट्राष्टेरोनले सम्पूर्ण जीवनभर ग्रन्थिको विकास र यौनक्रियाशीलतामा असर पार्दछ । प्रोष्टेट ग्रन्थिले वीर्य २० प्रतिशत उत्पादन गर्दछ । यसमा भएका तत्वले शुक्रकीटको पोषण, गति र अरू थुप्रै महत्वपूर्ण क्रियामा असर पार्दछ । यसले उत्पादन गर्ने पिएसएप पदार्थको जाँचबाट प्रोष्टेट क्यान्सर भएका बिरामीको निदान तथा उपचारमा उल्लेखनीय सहयोग मिल्न सक्छ । पिएसए ग्रन्थिशोथ हुँदा पनि उच्च हुन्छ । यसैले पिएसएलाई प्रोष्टेट क्यान्सर निश्चित मान्नु हुँदैन । प्रोष्टेट ग्रन्थि उग्रशोथ प्रोष्टेट ग्रन्थिका थुप्रै रोगव्यधि हुन सक्छन् । त्यसमध्ये ग्रन्थिको शोध संक्रमणको कारण देखापर्ने एउटा प्रचलित रोग हो । संक्रमणको कारणले

Read More »

प्रोष्टेट संलग्न रोगका विविध पक्ष र निदान

पुरुष आयु वृद्धि र मूत्र अवरोध मानव शरीरमा ५० भन्दा बढी प्रकारका ग्रन्थि हुन्छन् । तिनीहरूमध्ये एक हो-पुरुष शरीरमा मात्र हुने प्रोष्टेट ग्रन्थि । पुरुषको आयु वृद्धि आजको सुखद् यथार्थ हो र यही सन्दर्भमा प्रोष्टेट ग्रन्थिको विशेषता हेर्नुपर्ने हुन्छ । ४० वर्षपछि प्रोष्टेट ग्रन्थि वृद्धि हुँदै जान्छ र मूत्रनलीमा अवरोध उत्पन्न गर्दछ । ग्रन्थि वृद्धि भएको खण्डमा पिसाब फेर्दा अन्त्यमा धारा सानो भएको अनुभव हुन्छ । थोपा-थोपा वा तुरुक्क गरेर अन्त्यको पिसाब निस्कनु अथवा पिसाब फेरिसकेपछि पूरा सन्तुष्टि अनुभव नगर्नु प्रोष्टेट ग्रन्थिसँगै संलग्न अन्य लक्षण पनि हुन सक्दछन् । लामो समयसम्म ग्रन्थि बढ्दै गए खास गरेर त्यसको बीचको भाग बढेर मूत्रथैली घाँटीमै अवरोधजस्तो भएर रहेको खण्डमा पिसाब फेर्न निकै कन्नुपर्ने, पिसाब लागे पनि तुरुन्छ पिसाब नआउने र एकछिन कुरेपछि मात्र पिसाब खुल्ने हुन्छ । ग्रन्थिका मुख्य भागहरू र तिनीहरूको विशेषता प्रोष्टेट ग्रन्थिको सबैभन्दा बाहिर रहेको ७५ प्रतिशत ठाउँ ओगट्ने भागमा मुख्यतया क्यान्सर उत्पन्न हुने गर्दछ । नेपालमा पनि हाल दिन-प्रतिदिन थ्रुपै पुरुषहरूमा प्रोष्टेट क्यान्सर पहिचान हुँदै आएको छ । प्रोष्टेट ग्रन्थिको मध्य भागले २० प्रतिशत ठाउँ लिन्छ । आश्चर्यलाग्दो प्रक्रिया के हुने गर्दछ भने प्रोष्टेटका यी दुई ठूला भागलाई करिब ३० वर्षको उमेरपछि सबैभन्दा सानो अन्तर्कालीन भाग, जो पाँच प्रतिशत मात्र ठाउँ लिन्छ, त्यो बढेर प्रोष्टेट ग्रन्थिको ९५ प्रतिशतसम्म ठाउँ

Read More »

रसिया छाडेर जलेश्वर पुग्दा…

अभाव, दुख र व्याधीबाट तड्पेका बिरामीका जलेका शरीरमा अलिकता भए पनि राहत पुर्‍याउने धोको थियो ममा। भलै त्यो मरुभूमिमा एक बाल्टी पानी खन्याउनु जस्तो मात्रै किन नहोस्। त्यसैमा म आफ्नो जीवनको सार्थकता अनुभव गर्न चाहन्थेँ। सर्जिकल ज्ञान, सिप र ऊर्जा बोकी रसियाबाट मातृभूमि नेपाल फर्कन आतुर थिएँ। मेरो लक्ष्य, अठोट र अभिप्राय त्यसैमा पूर्ण रूपमा जेलिएको थियो। र, मसँग परिवारको पनि साथ थियो। म र मेरी प्रियालाई पनि प्रष्ट थाहा थियो, हामीले रोजेको जीवनमार्ग ज्यादै कठोर, समस्यामुलक, दुष्कर र असहयोगी हुन सक्छ। तर पनि हामी छनोटमा दृढ संकल्पित थियौँ। अभावपूर्ण जीवन, कर्मक्षेत्र र अन्योलका स्थितिमा हामी आफ्नो पौरखको खोजमा निस्केका थियौँ। यो सार्थक श्रम धेरैलाई अभिसप्त लाग्न सक्थ्यो। मैले विदेश पढ्न जानु अगाडि नै ‘उसको टोपी’ भन्ने निबन्ध लेख्दा दरिद्र, दुःखी र समाजबाट तिरस्कृतको ज्वालाले नै आफ्नो हृदयको एउटा संवेदनशील शीघ्रचेतन भागलाई डढाइसकेको थियो। त्यो डढेको हृदयको घाउ र खतले मलाई सधैं असह्य वेदना दिन्थ्यो। त्यही वेदना र छट्पटी कम गर्न म अभावग्रस्त ठाउँमा आफ्नो शल्यकर्म क्षेत्रको केन्द्र बनाउन चाहन्थें। त्यसैले विदेशको विलासी जीवनलाई छाडेर आफ्नै मातृभूमि फर्कें सन् १९७४ को जुलाईमा। गर्मी र वर्षाको याम। सोभियत संघबाट दिल्ली हुँदै काठमाडौँ। करिब डेढ महिनापछि एक हजार नेरु सापट लिएर प्लेनबाट ओर्लियौँ। तराईको गर्मीले स्वागत गर्‍यो। प्लेनमा केही तराईवासी र अरु

Read More »

शल्यक्रिया सुरुवात गर्दाका ती क्षण

शल्यचिकित्सक म। टीबीका बिरामी, झाडा–बान्ताका आहत र मलेरियाले काँपिरहने रोगी मात्र हेरेर चित्त बुझ्ने कुरै भएन। म आफ्नो हात काटिएको अनुभव गर्दै थिएँ। सिङ्गै दिन बहिरङ्ग विभागमा बिरामी भेटेपछि खिन्न मन लिएर क्वाटर फर्कन थालेँ। मानौं मैले केही गरेकै छैन। फर्कंदा मेरो अनुहार निलो स्वच्छ नभएर बादल दर्शाउला भन्ने मनमा डर उब्जन थाल्यो। यस्तो ठाउँमा सर्जनको के कामसमेत केही साथीले भन्न भ्याए। भर्खर मात्रै पित्तको थैलीको पत्थरी संलग्न प्यान्क्रेआटिक ग्लाण्डको सोथमा देखिने समस्याबारे पीएचडी गर्ने सिलसिलामा ११४ पित्तथैली निकाल्ने शल्यक्रियामा भाग लिएकोले पनि म आत्मलघुता अनुभव गर्दै थिएँ। मेरो थेसिसको गाइड प्रो भ्लादिमिर तेरेनतेभिच जाइचेभले गर्ने थुप्रै शल्यक्रियामा भाग लिएर म आफूलाई जहाँ पनि शरीरमा चक्कु चलाउन सक्छु भन्ने आत्मविश्वास लिएर काठमाडौं उत्रेको थिएँ। राति सुतेका बेला हप्तामा तीन पल्टसम्म पनि डा जाइचेभसँग अप्रेसनमा सहभागी भएको सपना देख्थेँ। ऊ मलाई ‘ल यो तिमी सुुरु गर’ भन्दै छेउमा उभिन्थ्यो। म झस्केर अमिलो मन लिएर बिउँझन्थेँ। बहिरङ्ग विभागमा बसेर सबैखाले बिरामी हेर्नु हाम्रो कर्तव्य नै थियो तर पनि मेरो आँखा, ध्याउन्न शल्यक्रियाका निम्ति को उपयुक्त हुन सक्छ भन्दै अन्वेषणमा हुन्थ्यो। कसको टाउकामा टुटिलो छ, घाँटीमा गिर्खा, कसका खुट्टाका रगतका नसा फुलेकाछन् त्यो मेरो अन्वेषणको विषय हुन्थ्यो। जति समय लागे पनि बिरामीलाई पल्टाएर, धोती, कुर्ता, कट्टु, कछाड फुकालेर नहेरुञ्जेल ती मबाट मुक्त हुन

Read More »

अनि सुरु भयो अण्डकोष पुनर्निमाण शल्यक्रिया

हात्तीपाइले रोग मेरा निम्ति नयाँ होइन। २०१३ सालतिर काठमाडौं आइपुग्दा नै यो रोगको परिचय हामी बसेको कालिकास्थानमै पाइयो। डा यादवप्रसाद पन्तको घर पछाडिको एउटा सानो घर भाडामा लिएर हामी बसेका थियौँ। विद्यार्थी बनेर भविष्यको जग हाल्न। हामी बसेको घरपछाडि राणाजीको खेतमा एउटी वृद्धा काम गर्थिन्। उनको देब्रे खुट्टा दाहिनेको दाँजोमा निकै मोटो र फुलेको अनौठो खालको थियो। त्यही बेला उनी हात्तीपाइले रोगग्रस्त छिन् भन्ने सुनेको थिएँ। २००७ सालमा म ५ वर्ष उमेरको भए पनि प्युठानमा हात्ती देखेको सम्झना ऐलेसम्म पनि ताजै छ। काठमाडौँ आएपछि हात्तीसारबाट हात्ती आफ्नो खाना पिपलका हाँगा, पात र बाँस बोकेर यताउता हिँडेको अतीतको सम्झना उत्तिकै टड्कारो छ। हात्ती देखेकै बच्चा बेलामै भएकाले पनि मलाई किन ती वृद्धाको खुट्टालाई हात्तीपाइले भनेको बुझ्न त्यति गाह्रो थिएन। अप्राकृतिक तरिकाले ठूलो भएको खुट्टालाई हात्तीपाइले भन्दा रहेछन् भन्ने बुझाइमा म धेरै वर्ष बाँचिरहेँ। यसको विकल्प पनि थिएन मसँग। बच्चाले झैं सबै जान्न खोजे पनि त्यो बेला ममा सोध्ने न हिम्मतै थियो, न प्रश्न गरेको धैर्यसाथ सुन्ने समाजै थियो। धेरै जान्न खोजे, प्रश्न गर्दै हिँडे गाली र पिटाइ भने जिन्दगीभर सम्झने र अघाउने गरेर खान पाइन्थ्यो। केही गरी कसैले उत्तर दिने चेष्टा गरे पनि “भगवान्ले त्यस्तै बनाए, पाप गरेर त्यस्तो भएको वा उसको कर्म नै त्यस्तो” भन्ने मात्र गर्थें। उत्तर सधैं तयार

Read More »

शल्य उपचारमा परामर्शको भूमिका

शल्य चिकिल्सकले अप्रेसन कुनै पनि व्यक्तिको पेसा, जात, भात, धर्म, मान्यता, गरिब, धनी इत्यादिको आधारमा गर्ने होइन। अप्रेसनको आफ्नो नियम र विधि हुन्छ। शल्य चिकित्सा सबैलाई पूरै नियम र विधि पालना गरेर मात्र गरिन्छ। जनकपुरका एक जना बहालवाला न्यायाधीश आफ्नो पिठ्युँको लामो समयदेखिको डल्लोबारे परामर्श गर्न जलेश्वर बहिरङ्ग विभागमा मलाई भेट्न आउनुभयो। सुरुमा उहाँले आफ्नो परिचय नदिएरै आठ वर्ष पुरानो रोगबारे बेलिबिस्तार लगाउनुभयो। सबै जाँच गरिसकेपछि यो सामान्य सिवेसिअस सिस्ट हो भन्ने आफ्नो निर्णय सुनाएँ। यो फोकोको उपचार औषधिबाट हुँदैन। यदि तपाईंलाई यसले असजिलो पारेको छ वा मनमा कतै क्यान्सरजस्तो नराम्रो रोग हो भन्ने भावनाले पिरोलेको छ भने शल्यक्रिया गरेर पूर्ण रूपमा थैलोसँगै निकाल्नुपर्छ भनेँ तर त्यतिमा मात्र उहाँ सन्तुष्ट हुनुभएन। किन यो रोग हुन्छ? उपचार नगरे के समस्या यसले निम्त्याउन सक्छ? यसको शल्यक्रिया कति जटिल हुन्छ? शल्यक्रियापछि घाउ पूर्ण निको हुन कति दिन लाग्छ? यसको अप्रेसनपछि भविष्यमा के समस्या देखा पर्न सक्छन्? यी सबै प्रश्न सुन्दा म ज्यादै खुसी भएँ। पहिलो बिरामी, आफ्नो रोगबारे यति राम्रो परामर्श गर्न चाहनुहुन्छ भनेर अनि मैले उहाँका प्रश्नको उत्तर दिने चेष्टा गरेँ। शरीरको छाला र रौंहरू सुख्खा नहुन् भन्न एक प्रकारको तेल चिल्लो पदार्थ ‘सिबम’ बन्ने गर्दछ। त्यो बनाउने ग्रन्थीलाई ‘सिबम’ भनिन्छ। यो चिल्लो पदार्थ ग्रन्थीको नली हुँदै बाहिर निस्कन्छ। ग्रन्थीको नली जुनसुकै

Read More »

गर्भ विकास भूल शुद्धीकरण

अठार वर्षकी युवतीको पेटको तल्लो भागमा डल्लो देखा पर्‍यो। महिनावारी नभएकाले कतै गर्भ त बसेन भनेर शङ्का लिनुलाई त्रुटिपूर्ण सोचाइ भन्न मिल्दैन तर कहिले पनि रजस्वला नभएकी, विवाह नगरेकी र सधैँ पेटको तल्लो भाग दुख्यो भनेकै पाँच वर्ष भइसकेको अवस्थामा गर्भ रहेको शङ्का मात्र गरेर समय वर्वाद गर्न पनि मिल्दैन। अग्ली, दुब्ली मानौँ खाली छाला र हड्डी, गहँुगोरी दुवै आँखा भित्र गढेका, अनुहार निन्याउरो पूरै बादल लागेजस्तो, दाहिने हातले तल्लो पेट समात्दै आइन् युवती बहिरङ्ग विभाग। युवतीलाई फलामे मेचमा बसालेपछि अन्योल र निकै आक्रोशित स्वरमा भन्न थालिन् आमा। ‘यो अठार वर्षकी भई, पछिल्लो पाँच वर्ष खाली एउटै गन्थन। प्रत्येक महिना ४–७ दिन तल्लो पेट दुःख्यो भनेर कराउँछे। पिसाब राम्ररी फेर्न सक्दिनँ। दुई पल्ट त पिसाब रोकिएर डाक्टरकहाँ जाने भन्दैथ्यौँ तर बाटैमा सब लुगामै..! लाज मर्दाे। अनि घरै फर्कियाँै। नाटक गरेकी हो कि क्या हो? बुझ्नै गाह्रो, दुब्लाउँदै मर्ला झैँ भइसकी। अब केही काम गर्नै सक्दिनँ। पहिला उसैले घरमा के मात्र गर्न भ्याएकी थिइन्? आधा घरधन्दा उसैले धान्थी। महिनामा एक हप्ता अब मैले उसैलाई हेर्नु पर्छ। कुल देवताको पनि पूजा ग¥यौं। अहँ! केही सिप लागेन। धामीझाँक्री त्यसै उफ्रन्छन्। नराम्रो आँखा पर्‍यो भन्छन्। काँ छन् ती आँखा? थाहा पाए फुटाई पनि दिन्थे। वाक्कै भइसक्यौँ’ बिरामीले अहिलेसम्म एक शब्द पनि उच्चारण गरेकी थिइनन्।

Read More »

खुट्टामा घाउले बनाएको भ्वाङ लिएर हड्डीले टेक्दै हिँडिरहेका ती बिरामी

सन् १९७४– १९७५ को जलेश्वर। जताततै भोका मान्छे मात्रै दृश्यमा बादल लागेका अनुहार र हराएको जाँगर लिएर यताउता गरेका देखिन्छन्। लाग्छन् ती हड्डी र चर्मबाट मात्र लेपिएका हुन्। अनुहारमा खुशी भेटाउन दुर्लभ। गलित भए पनि चहार्छन्, ती पेट शान्त पार्न खेत, हाटबजार, हाँक्छन् बयलगाडा, बोक्छन् भारी, टोकरी टाउकामा धरहरा बनाई। शल्यचिकित्सक भएकाले बहिरङ्ग विभागमा शल्यविकृतिमा संलग्न बिरामी हेर्ने प्रयत्न गर्थेँ। सधैँको जस्तै एकदिन तर एक अग्लो र दुब्लो व्यक्ति एक्कासी बहिरङ्ग विभागभित्र घुस्यो। थियो ऊ दुब्लो तर अनुहार हुनुपर्नेभन्दा फेरिएको जस्तो। मानौं सिंहको आकृति उसमा टाँसिएको छ। अनुहारमा गिर्खाहरू देखा पर्छन् खास गरेर आँखा नजिक। उसको दुहाइ थियो ‘हातखुट्टा कमजोर भए औंँला खुम्चिँदैनन्। ती यति विषम अवस्थामा छन् कि आगोले पोल्दा पनि शुद्धि पाउँदैनन्। पूर्ण चेतना हराएका। आँखाले देखुञ्जेलसम्म पनि भाग्दैनन्। चोट लागेर रगताम्मे हुँदासम्म पनि ऐया भन्ने सङ्केत गर्दैनन्।’ आफ्नो खुट्टा उठाएर पैताला फर्काएर देखायो उसले। त्यहाँ घाउ होइन भ्वाङ् थियो। म आश्चर्यमा डुबेँ। पढेको थिएँ तर आफ्नै आँखाले यस्तो दृश्य कहिले पनि देख्न परेको थिएन। मनै कुँडियो उसप्रति दया, माया, श्रद्धा, करुणा सबै जागे। मुख्यतः आफ्नै मस्तिष्क रन्थनिएला जस्तो भयो। मानव! तँ कतिसम्म दुःख, दर्द, पीडा, सास्ती र अपमान सहन सक्छस्? खुट्टामा भ्वाङ् लिएर सोझै हड्डीले टेक्दै ऊ हिँडिरहेको थियो। बिना चप्पल, जुत्ता, चट्टी। ऊ टेक्थ्यो हिँड्थ्यो ऐया

Read More »

जनकपुर रमाना हुँदाको त्यो समय: ६५० रुपैयाँ तलब, घरभाडा नै ६००!

जलेश्वरबाट अञ्चल अस्पताल जनकपुर सरोस् भन्ने इच्छा बल्ल पुग्यो तर कुनै पनि परिवर्तनले धेरै कुरामा असर पर्ने हुन्छ। त्यो जलेश्वरबाट जनकपुर हुँदा मैले र परिवारले पनि राम्रै गरी अनुभूति गर्ने मौका पायौँ। सर्वप्रथम अस्पताल सर्ने क्रममा हामीले भन्दा पनि बिरामीले ज्यादै ठूलो असुविधा तथा हानि नोक्सानी सहनु पर्‍यो। हामीले एकपल्टको असुविधा सहेर फेरि आफ्नो रहनसहन धेरै मात्रामा व्यवस्थित पार्न सक्यौंँ तर जलेश्वर अस्पतालको सुविधा उपभोग गर्न पाएर रमाएकाहरूले सधैंँका निम्ति त्यो गुमाए। कसरी त्यसलाई तिनीहरूले पचाए त्यसको कुनै सर्वेक्षण छैन। त्यो सबैको व्यवस्था, अध्ययन र मानवीय असर ख्याल गरेर निर्णय लिइन्थ्यो भने जनकपुर अञ्चल अस्पताल जुन ठाउँमा भएपनि जलेश्वर अस्पतालको पनि स्तर उन्नति हुन्थ्यो होला तर भएको सुविधा रेटेर अस्पतालको पदोन्नति– घटुवा गरियो। कुन ठाउँका नागरिकलाई कतिसम्म स्वास्थ्य सुविधा दिनै पर्छ र दिन सकिन्छ भन्ने रूपरेखा व्यवहारमा नभएपछि के भन्ने ? पूर्वतयारी गर्दा जनताको चासोभन्दा पनि केही व्यक्ति र समूहलाई खुशी पार्ने प्रवृति भएपछि के प्रश्न गर्ने? ह्वात्तै जलेश्वर अस्पतालको स्तर खस्नाको कारण त्यही हो। जनकपुर अञ्चल अस्पतालको उपयुक्त स्थान त जनकपुर नै हो त्यसमा दुई मत गर्नै मिल्दैन। जनकपुर अस्पतालभित्रका क्वाटर मेरा निम्ति उपलब्ध हुन सकेनन्। मैले अस्पतालबाहिर डेरा लिएर बस्नु पर्ने भयो। अस्पतालमा क्वाटर नपाए काम गर्दिन भन्ने पनि त कुरा भएन। एउटा नयाँ बन्दै गरेको घर हेरेर

Read More »

© 2025 All Rights Reserved www.adbhatta.com

Design and Developed by Prosys Solution.com

Facebook