युद्व विनाको युद्व
(उपन्यास)

यो उपन्यास तीन वर्ष चानचुन मात्र बस्न पाएको मेरो पुर्खयाैली घर सुदूरपश्चिमको पैँचो तिरेको यथार्थ र कल्पना सबैको मिश्रण हो । बैतडी र सुदूरपश्चिमका देउकी, अभाव ग्रस्त परिवार र दलित नारीको पीडा जो कोहीले कल्पना गर्न सक्ने भन्दा उच्च छ । त्यहाँको बासिन्दा बम्बै र भारतका विभिन्न शहर र गाँउमा मजदुर भएर जीवन काटी रहेछन् ।
देउकी प्रथा उन्मुलनको घोषणाले ल्याउनु पर्ने फरक त्यहाँको जनजीवनमा सबैतिर देख्न पाइएको छैन । त्यस्तै दलितहरु संविधानको ढड्डुमा लेखिएको छुवाछुत बिरुद्वको अक्षरले तिनीहरुको जीवनमा उल्लेखनीय तथा सार्थक फरक ल्याउने वातावरण स्थापित गर्न सकेन । त्यसैले देउकी हुन वा दलित, अभाव ग्रस्त नारी वा पुरुष अब आफ्नै चेतनावृद्वि गरेर आफ्नै बाहुबलले स्वरोजगार विकास गरौँ जीवन आफै चम्किन्छ । ती अब मानव भएर सुखी जीवन पृथ्वीमा जिउन लालायित छन् । अन्धविश्वासले औल्याएको स्वर्गको जीवन ती अब चाहदैनन् । यो रचना स्रिजनागरेर मैले बचपन देखिनै मस्तिष्कमा उर्लेको ज्वालामुखी विष्फोट गरेर केही समयलाई भएपनि शान्ति अनुभूति पाएकोछु।