मुत्र र जननेन्द्रिय प्रणाली
(रोग, निदान तथा उपचार)

यो पुस्तक यूरोलोजी व्याधि बारे परिवार र समाजलाई सचेत बनाउने उद्वेश्य लिएर लेखिएको हो । चिकित्सा विज्ञानको अध्ययन सुरु गरेदेखि पुस्तक रचना गर्दा सम्मको यो विषयको ज्ञानलाई परिवार सम्म पु¥याउने उद्वेश्य यसमा छ । यो पुस्तक कविता, उपन्यास वा निबन्ध पढे जस्तो एकपल्ट पढेर थनक्याउने होइन । गर्भवती महिला देखि शिशु–बालक, युवा–युवती, अधबैँसे र वृद्व उमेरका सबै व्याधि बारे जानकारी पाउन सकिन्छ । पुरुष– स्त्रीमा देखा पर्ने यौन–दुर्वलता, अर्वुद रोग, पत्थरी, मूत्र संक्रमण, यौन प्रसारित रोग, पुरुष तथा स्त्री बाँझोपन इत्यादीबारे विभिन्न जानकारी लिन सक्नु हुन्छ । तरल पदार्थ तथा पानी कति र कसले पिउने जस्ता वैज्ञानिक सल्लाह पनि उल्लेखित छ ।