समय यात्रा २०८३ द्वितीय संस्करण केही परिमार्जित र प्रथम संस्करणको हल्का संशोधित रुप हो । सर्वप्रथम यो पुस्तक ५० वर्ष पहिलेको स्वास्थ्य अवस्थाको दस्तावेज हो । यो उदाहरण पनि हो कि चिकित्सकले कतिसम्म अभावमा पनि सेवा दिन सक्दो रहेछ । यो पुस्तक विश्वास गर्न नसकिने शल्यक्रिया तथा उपचारको उदाहरण हो ।

 यो प्रो.डा. अर्जुनदेव भट्टको कार्य वर्णन मात्र होइन । मेरो सम्पूर्ण परिवारको सहनशीलता, अस्पताल परिवारको खटन र साधना हो । जनकपुर अञ्चलमा भएका विभिन्न सरकारी कर्मचारी तथा राजनीतिज्ञहरुको सहयोगको ज्वलन्त उदाहरण हो ।

 आफ्नो क्षेत्रमा असम्भव गरेर देखाउने प्रेरणा दिन सक्ने यो पुस्तक चिकित्सक हुन खोज्ने र चिकित्सकहरु सबैले पढ्नैपर्छ । जो जहिले बाँच्छ, उसले त्यही समयको उपलब्ध प्रविधिबाट गर्नैपर्ने कार्य गरेर देखाउन सक्नुपर्छ ।

ईबुक पढ्नुहोस् ।