यो एउटा नेपाल देशको एतिहासिक स्वास्थ्य अवस्थाको दस्तावेज हो । यो उदाहरण पनि हो, बाध्य पर्दा मान्छेले के मात्र गर्न सक्दो रहेनछ ?

यो त्यसबेलाको विश्वास गर्न नसकिने कहाँनी पनि हो । यो आजको म प्रो.डा. अर्जुनदेव भट्टको कार्य वर्णन होइन, मेरो सम्पूर्ण परिवारको सहनशिलता, अस्पताल परिवारको जोस, त्यस अञ्चलमा भएका विभिन्न सरकारी कर्मचारी तथा इमान्दार राजनीतिज्ञहरुको सहयोगको ज्वलन्त उदाहरण हो । यो सबै नभएको भए सामान्य रक्त परिक्षण नहुने, निस्चेतना विज्ञ एनएसथेसिवोलजिष्ट हुदै नभएको अस्पतालमा के मेजर ठुला शल्यकृया संम्भव हुन्थ्यो ?

आफ्नो क्षेत्रमा असंम्भव गरेर देखाउने प्रेरणा दिन सक्ने यो पुस्तक चिकित्सा शास्त्र अध्ययन गर्न जाने सबैले पढ्नै पर्छ भन्ने मेरो धारणा छ ।
सबै समयमा टेक्नोलोजी प्रविधी उस्तै हुँदैनन् । जो जहिले बाँच्छ उसले त्यही समयको प्रविधिबाट गर्नै पर्ने कार्य गरेर देखाउन सक्नुपर्छ । यो छैन र त्यो छैन भन्नु बहानाबाजी हो ।

पुस्तक अब मेरो होइन । पुस्तक अब पढ्न चाँहने र त्यसमा भएका जीवनका विभिन्न पक्ष र रंग केलाउने पाठकको हो ।

ईबुक पढ्नुहोस् ।