मेरा विभिन्न बिरामीहरुले भोगेको जीवनलाई संगालेर जन्मिन पुग्यो यो कृति । कसरी तिनीहरुले मलाई वर्णन गरे र कति मैले आत्मसाथ गर्न सके त्यही यो उपन्यासमा अभिव्यक्त हुन पुगेको छ । म आफ्नो लेखनमा नारी माथिको अत्याचार र अपहेलना नउतारी सन्तोष प्राप्त गर्दैन । त्यति हुँदा हुँदै पनि नारीहरुले देखाएको सहनशिलता, धैर्य र अत्याचार तथा अपहेलना खप्ने क्षमता उच्चस्तरमा पुर्याएको देख्दा म आश्चर्य हुन्छु ।
आफ्नो पेशाले गर्दा विभिन्न लागु पर्दाथमा डुबेका, यौन कूपात्र भएर अस्तित्वलाई महत्व नदिने व्यक्ति देख्दा कुन जीन (आनुवँसिक तत्व) वा समाजको कमजोरीे त्यसको मुख्य मुहानहो, अन्वेशण गर्ने इच्छा जाग्दछ ।

ईबुक पढ्नुहोस् ।