मेरी आमा: एक दृढ प्रतिज्ञ नारी

यो पुस्तक रचना गर्दा मेरो मुख्य उद्वेश्यः
क. कसैबारे लेख्नु पर्दा ऊ विश्व प्रसिद्व वा केहि नभए पनि आफ्नो देशको प्रतिष्ठित हुनै पर्छ भन्ने छैन ।
ख. जेष्ठ नागरिकहरुको संख्या नेपालमा पनि बढ्दै गएकोले उनीहरुका समस्या र समाधान पनि आमरुपमा प्रकाशन तथा प्रचारमा आउनु पर्छ ।
ग. जेष्ठ नागरिकको खुशी जीवन परिवारका सदस्यहरुले लगानी गरेको समय, सम्मान तथा विनम्रता संग जोडिएको छ ।
घ. परिचारीका र चिकित्सकहरुका निम्ति जेष्ठ नागरिक रोजगारीका मुहान बन्न सक्छन् ।
ङ. अन्तमा कोरोना–१९ ले दिएको प्रचुर तथा विपुल समयको सदुपयोग ।
यो पुस्तक पढ्ने जो कोहिले पनि परिवारमा देखा पर्ने दुई पिंढी पुस्ता बिचको द्वन्द अनुभव गर्न सक्छ । मेरो अन्तराष्ट्रिय विवाह, धर्म प्रतिको भिन्नआस्थाजस्ता वास्तविकताले समेत सङ्युक्तपरिवारमा रहन बाधा पारेन ।
जीवनलाई जो निरन्तरको सङ्घर्ष हो भन्नेमा विस्वास गर्छ र कर्ममा निरन्तर खटी राख्छ , ऊ खुशी र शुखी भएर बाँच्न सक्छ । त्यसैले मैले भन्नै पर्छ यो पुस्तक मेरो प्यारो आमाको वर्णन मात्र हुँदै होइन । यहाँ समयको गतिको वर्णन छ र जीवन दर्शन तथा जीवन द्वन्द्वको इन्द्रेणी छ ।