मेरो क्लिनिकमा आउने मध्ये ह्विलचियरमा आफै गुडेर आउनेको संख्या उल्लेखनिय हुन्छ । शारीरिक रुग्णता वा अशक्तताले जीवनयात्रा रोक्न असक्षम हुँदो रहेछ भन्ने प्रष्ट हुन्छ । यही तथ्यले उपन्यास दास्रो जीवन रच्न बाध्य पार्याे ।
यो उपन्यासका रचनाकार दोस्रो जीवन हँसमुख बिताइरहेका शाहस जन्य पात्र नै हुन । अम्बाको रुखबाट लडेका, मच्चिएको पिङ्गबाट खसेका, बिजुलीका खम्बाबाट पछारिएका वा मेरुदण्डको अस्थिको टीबी भएर तल्लो शरीरको भाग सधैँको निम्ति गुमाउन पुगेका, त्यो भाग भएर पनि नभएका जस्तै हुन्छन् । यस्तै पीडितहरुले मेरो मन मस्तिष्कमा पारेको गहिरो छापको उपज हो उपन्यास दोस्रो जीवन ।