डाक्टरको द्विविधा

के चिकित्सक भगवान वा यमराज हो ? डाक्टर न मानिसले कल्पनागरेको देव देवी हो न मानवले मृत्युको त्रासमा चित्रणगरेको यमराज । तर आश्चर्य लाग्छ कैयौँ मानिस डाक्टरलाई यी दुबै पदवी दिन बेरै लगाउन्नन् । त्यसैले नै डाक्टरको द्विविधाको जन्म गरायो ।
यहाँ डाक्टरको खुशी जेष्ठ शताब्दी स्पर्श पुरुष छ। कलबिना मृतु ग्रहणगरेर डाक्टरको सेतो गाउनमा कालो दाग छोड्ने कहिल्यै बिर्सन नसकिने पात्र छ । हुनसक्छ अरुले त्यो दाग नदेखलान तर डाक्टरस्वयँको निम्ति दृष्टि भ्रमभै अस्तित्वमा जिन्दगीभर रहिरहन्छ । चिकित्सक आफ्नो सफलतामा सगरमाथा बिजेताको गौरव गर्ने ठाउँ पाउँछ भने, कसैको ज्यान लुटेको ज्यानमाराको पदवीले पनि विभुषित हुन सक्छ । कुन न्यायाधीसले फैसला गरिदिने की ऊ ज्यानमारा थिएन ?
पाठकहरु अनुभूति गर्नेछन् चिकित्सक पनि यस समाजमा घट्ने विभिन्न सबै क्षेत्रका सुखःदुखमा सहभागी छन् । ती रित्तिदै गएको गाँउका भैँसी सेवन वृद्ववृद्वाको जीवनमा चाख राख्छन् । त्यस्तै समयमा उपचार नपाउँदा युबक प्रजनन क्षमता बिहीन भएको पीडा साँच्दछन् ।