साहित्यले मलाई जिस्काई रहेको भान हुन्छ । जीवनको उत्तरार्धमा सम्पूर्ण आफ्नो उर्जा र समय नेपाली साहित्यमानै लगाएर देशको सेवा गरु भन्ने भावना उठ्छ तर मेरा रचनाका सामग्री मेरा बिरामी र उनीहरुकै नातेदारबाट पाउँछु । त्यसैले पनि चटक्कै बिरामीहरुबाट भाग्न सकिरहेको हुँदैन । “अभिज्ञान प्रतिक्षा” लेख्न बाध्य मेरै बिरामीहरुले पारे । यो रचना चिकित्सा विज्ञान र साहित्यको समिश्रण हो ।
भिन्न मानसिकता भएका व्यक्ति परिवार र समाजमा छ्यापछ्याप्ती छन् । अभिज्ञान प्रतिक्षाका पात्रहरु वास्तविक हुन तर ती विभिन्न रोग व्याधी लक्षणका भारी बोकेर प्रस्तुत भएका छन् । ती जस्तै मानसिक अवस्था लिएर जन्मे पनि कर्म गर्न चुक्न हुन्न भन्ने सन्देश जीवनमा दिइनै रहेछन् ।
द्विध्रुवी मानसिक अवस्थामा चित्तवृति अतिउच्च वा शक्तिहीन देखा परेपनि परिवार र समाजले तिनीहरुको उचित रेखदेख गर्नु पर्छ भनेर महत्वपूर्ण सङ्केत गरिएको छ यो उपन्यसमा ।

ईबुक पढ्नुहोस् ।