अविच्छिन्नता
(उपन्यास)

अविच्छिन्नता उपन्यास लेख्ने प्रेरणा मलाई क्लिनिकमा भेट्न आउने बिरामी र उनीहरुकै नातेदारबाट मिल्यो । समाजमा घटिरहेका थुप्रै विपद, नारी अपमान, युवाहरुको नसाँलु पदार्थ मोह इत्यादी सुन्दा अविच्छिन्नता उपन्यासको जग खनिसकिएको थियो मुटु मस्तिष्कमा । लामो समय विदेश बसेर आफ्नो अतीत भेट्टाउने हुटहुटी शान्तपार्न नेपाल फर्केका साथीभाइहरुलाई सुुन्दा मानिसको चाहना भिन्न रुपमै किन नहोस रुपान्तरित अतीतसँग भएपनि भेट्ने मै हुँदो रहेछ भन्ने लाग्यो । आफ्नो मातृ–पितृ भूमिमा केही गरेरै जीवनको उत्तरार्ध बिताउने इच्छा भएका मानिस पनि थुप्रै हुँदा रहेछन् ।
माथि उल्लेखित सबै कुरालाई मानसपटलबाट कागजमा उर्तादा अविच्छिन्नता उपन्यास रचना भयो ।
ईबुक पढ्नुहोस् ।