पुरानोलाई परिमार्जन गरेर युग सुहाउँदो पार्ने समयले रहेछ । धर्म, रितिरिवाज, दार्शनिक मान्यता युग परिमार्जित भएपछि त्यसलाई स्वीकार्ने अस्तित्वमा रहँदा रहेछन् ।
समय अनुरुप रुपान्तरमा सहयोग पु¥याउन मलाई पनि सम्वाहक हुने भावनाले टोक्यो । कल्पनाको क्षितिजमा मैले समाजको क्रुरता, जातपातको पक्षपात, नारीदमन र अपहेलनाका साथैै मानविय मन भएका मानिसको समानता, इमान्दारी, कर्म र अनुशासनको आदरलाई पनि औल्याएको छु ।
थुप्रै कथाहरु मेरो चिकित्सक पेशामा आइपरेका सेवाग्राही र म बिच घटित घटनाहरुमा आधारित छन् ।
यो पुस्तकले पाठकलाई जीवनमा आइपर्ने रोगव्याधीका विषयमा प्रसस्त खुराक प्रदान गर्ने सामथ्र्य पनि राख्दछ ।